२०८१ श्रावण १२

पत्रकारको पारिश्रमिक पुनरवलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस : मन्त्री शर्मा

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारको पारिश्रमिक पुनरवलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरेको छ ।
सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको जानकारी दिइन् ।
बिहीबार आफ्नो एक वर्षे कार्यकालको लिखित प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री शर्माले “पाँच वर्षदेखि वृद्धि हुन नसकेको श्रमजीवी पत्रकारको पारिश्रमिक पुनरवलोकनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गरिएको बताइन ।
मन्त्री शर्माले सूचना प्रविधिमा महिलाको क्षमता अभिवृद्धि कार्यक्रम अघि बढाइएको, सामाजिक सञ्जाल नियमनको थालनी गरिएको, चलचित्र क्षेत्रको प्रवर्धनको सवाल तथा हुलाक र सुरक्षण मुद्रणको पुनर्संरचना गरिएको पनि बताइन् ।