२०८१ श्रावण १२

राष्ट्रपति पौडेलबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी ।

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् ।
बिहीबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका हुन् ।
अध्यादेश जारी भएसँगै बजेटका प्राथामिकता र सिद्धान्त (प्रिबजेट) छलफल संसदको हिउँदे अधिवेशनमा गर्न बाटो खुलेको छ ।
ऐनमा प्रिबजेट छलफल बजेट आउनुभन्दा १५ दिन अगाडि सक्नुपर्ने प्रावधान थियो। जसका कारण बजेट अधिवेशनमै बजेटका लागि संसदमा छलफल हुने गरे पनि उक्त छलफल प्रभावकारी नभएको निष्कर्ष निकाल्दै सरकारले हिउँदे अधिवेशनमै बजेटको प्राथामिकता र सिद्धान्तमाथि छलफल गर्न तयार भएको हो ।
बुधबारको मन्त्रीपरिषद बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० रास्ट्रपति समक्ष पेश गर्दै यस्तो व्यवस्था गरेको थियो ।
संशोधित प्रावधानले सरकारले फागुन मसान्तभित्र बजेटका प्राथमिकता संसद्मा पेस गर्ने र संसद्ले चैत १५ भित्र सरकारलाई सुझाव उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।