प्रधानमन्त्री कप क्रिकेट अन्र्तगत आज तीन खेल, पहिलो खेल बिहान ९ बजे सुरु हुने ।
काठमाडौँ प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तीनवटा खेल हुने भएका छन् ।
कोसी प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहान ९ः१५ बजे सुरु हुनेछ ।
अर्को खेल काठमाडौंको मुलपानी क्रिकेट मैदानमा वाग्मती प्रदेश र मधेस प्रदेशबीच बिहान ९ः१५ बजे सुरु हुनेछ ।
तेस्रो खेल रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच आजै बिहान ९ बजे सुरु हुनेछ ।
हालसम्म सम्पन्न खेलको नतिजाअनुसार एपीएफ क्लब अंक तालिकाको शीर्ष स्थानमा छ । एपीएफले आफ्ना दुवै खेल जितेर चार अंक जोडेको छ । त्रिभुवन आर्मी क्लब अंक तालिकाको दोस्रो स्थानमा, सुदूरपश्चिम प्रदेश तेस्रो, नेपाल पुलिस क्लब चौथो, कर्णाली प्रदेश पाँचौं, मधेस प्रदेस छैठौँ र लुम्बिनी प्रदेश सातौँ स्थानमा छन् । दुईदुईवटा खेल खेलेका गण्डकी, वाग्मती र कोसी प्रदेश हालसम्म जितविहीन छन् ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्