२०८१ श्रावण १२

अमेरिकामा आँधीका कारण सयौँ हवाई उडान प्रभावित, हजारौं यात्रु विमानस्थलमा अलपत्र ।

काठमाण्डौँ, अमेरिकाको मध्यपश्चिम र दक्षिण क्षेत्रमा आएको आँधीका कारण सयौँ यात्रु अमेरिकी विमानस्थलमा अलपत्र परेका छन् ।
आँधीका कारण अहिलेसम्म दुई हजारभन्दा बढी उडान रद्द भएको छ । दुई हजारभन्दा बढी उडानमा ढिलाइ भएको विमानस्थल प्रशासनले जनाएको छ ।
सिकागोको ओहरे अन्तर्राष्ट्रिय विमानस्थलमा ३६ प्रतिशत आगमन र करिब ४० प्रतिशत प्रस्थान रद्द भएको छ । सिकागोकै मिडवे अन्तर्राष्ट्रिय विमानस्थलमा ६० प्रतिशत आवागमन रद्द गरिएको छ ।


यस्तै, डेनभर अन्तर्राष्ट्रिय र मिल्वौकी मिचेल अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित भएका छन् । सीएनएनका अनुसार, ७३७ म्याक्स ९ विमान ‘ग्राउन्डेड’ भएका कारण रद्द हुनुले पनि यो संख्यामा वृद्धि भएको हुनसक्छ ।
संघीय उड्डयन प्रशासन (एफए)ले अनिवार्य गरेको ग्राउन्डिङका कारण यो साता युनाइटेड र अलास्का एयरलाइन्सका २०० भन्दा बढी उडान रद्द भएको अन्तराष्ट्रिय समाचार संस्था रोटर्यसले जनाएको छ । यसबाहेक अमेरिकाका अन्य क्षेत्रमा हुने हवाई आवागमनमा पनि आँधीको प्रभाव देखिएको छ ।
अधिकांश उडान रद्द हुनुलाई अत्यधिक जाडो र आँधीको कारण भएको सिएनएनले जनाएको छ ।