२०८१ श्रावण १२

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै ।

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्दै छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठक आज बिहान ११ बजेदेखि सुरु हुने माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताए । बैठकमा पार्टीको विधान संशोधनबारे छलफल बैठकको मुख्य एजेन्डा रहेको सापकोटाले बताए । पार्टीको विधान मस्यौदा समितिले १ सय ५१ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरेको थियो । उक्त प्रस्तावमाथि पनि आजको बैठकमा छलफल हुने उनले बताए ।
त्यस्तै, बैठकमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समीक्षा पनि हुने जनाइएको छ ।