आज होल्ताङपा ल्होसार अर्थात तोल ल्होसार, हर्सोल्लासका साथ मनाइदै छ ।
आज होल्ताङपा ल्होसार अर्थात तोल ल्होसार विविध कार्यक्रमकासाथ मान्यजनहरुबाट आर्शिवाद लिइ हर्सोल्लासका साथ मनाइदै छ ।
होल्ताङब ल्होसारको अवसरमा हिमालपारीको जिल्ला मनाङको माथिल्लो भेगमा स्थाई घर भई हाल काठमाण्डौमा बस्दै आएका मनाङबासीहरुले स्वयम्भूमा रहेको मनाङ गुम्बामा सामुहीक रुपमा मनाएका छन् ।

होल्ताङब ल्होसार तमू लेसार अर्थात पुस १५ पछि आउने औंसीको भोलीपल्ट पुसशुक्ला परेवाको दिन मनाइन्छ ।
यो ल्होसार विशेषगरी हिमाली क्षेत्रको समुदायले मनाउने चाडपर्व हो । भोट, भुटानी, शेर्पाली, डोल्पाली, इत्यादि भाषा अनुरुप ‘लो’ को अर्थ बर्ष र ‘सार’को अर्थ नयाँ भन्ने बुझिन्छ । खासगरी यो पर्व नयाँ बर्षको स्वागतका लागि मनाउने गरिन्छ ।
ल्होसार मध्येको सबैभन्दा पुरानो ल्होसार तोल ल्होसार हो । तोलको अर्थ समयचक्र हुन्छ । त्यसकारण यस ल्होसारलाई समयचक्र संवत्सर पनि भनिन्छ । नेपालका हिमाली जिल्लाहरु हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ्ग र तिब्बत तथा भुटानका मानिसहरुले धुमधामका साथ यो चाड मनाउने गर्दछन ।
-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्