२०८१ श्रावण १२

भुटानको आम निर्वाचनमा सत्तारूढ पार्टीको हार, छिरिङ तोग्बे प्रधानमन्त्री बन्ने पक्का ।

भुटानको आम निर्वाचनमा सत्तारूढ पार्टीको हार भएसँगै छिरिङ तोग्बे सत्तामा फर्किने भएका छन् ।
लिबरल पिपल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले बहुमत प्राप्त गरेसँगै नेता छिरिङ तोब्गे प्रधानमन्त्री बन्ने भएका हुन् । यसअघि ड्रुक न्यामरूप छोग्पा पार्टीबाट लोते छिरिङ प्रधानमन्त्री थिए । आम निर्वाचनमा ४७ मध्ये ३० सिट जितेसँगै पिडिपी सत्तामा आउन लागेको हो ।


नोभेम्बरमा भएको पहिलो चरणको निर्वाचनमा सत्तारूढ ड्रुक न्यामरूप छोग्पा पार्टीसहित तीन वटा पार्टी प्रतिस्पर्धाबाट बाहिरिएका थिए। पिडिपीले बहुमत प्राप्त गरेपछि तोग्बे पाँचवर्षे कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका हुन् ।
बुधबार निर्वाचनको मतपरिणाम सार्वनिक भएको भुटानको निर्वाचन आयोगले जनाएको हो । विपक्षी दल भुटान टेन्ड्रेल पार्टी (बिटिपी)ले भने १७ सिट मात्रै जितेको छ ।
नेता तोग्बेले सन् २००७मा पिडिए पार्टी स्थापना गरेका थिए । तोग्बेले चुनावी प्रचारप्रसारको अभियानमा आर्थिक वृद्धि गर्ने र बेरोजगारी घटाउने वाचा गरेका थिए।