२०८१ श्रावण १२

मालद्धीप सरकारद्धारा तीन मन्त्री निलम्बीत ।

मालद्धीपका मोहम्मद मुइज्जÞू सरकारले मन्त्री मरियम लगायत तीन मन्त्रीलाई पदबाट निलम्बन गरेको छ ।
निलम्बति मन्त्री मरियमले भारतीय प्रधानमन्त्री मोदीलाई इजराइलको कठपुतलीको संज्ञा दिएकी थिइन् । उनले सामाजिक सञ्जाल ट्वीटबाट आप्mनो भनाई तुरुन्त डिलीट गरेका थिए । विवाद बढ्ने सम्भावना देखेपछि मालद्धीव सरकारले मन्त्री मरियम सहित तीन मन्त्रीलाई निलम्बन गर्ने घोषणा गरेको थियो ।
मन्त्री मारियाको उक्त भनाईलाई लिएर भारतीय विदेश मन्त्रालयले मालद्धीपको उच्च आयुक्त मुनु महावरसंग छलफल गरेको थियो । राजधानी माले स्थित विदेश मंत्रालयका राजदुत के एंबेसडर एट लार्ज अली नसीर मोहम्मदसंग पनि छलफल गरेका थिए ।
इजराइली दूतावासले पनि लक्षद्वीप तस्वीर सोशल मीडियामा अपलोड गरेको थियो ।
दिल्लीबाट प्रकाशित हुने प्राय सबै पत्रपत्रहिरुले यो घटनालाई मुख्य समाचार बनाएर समाचार प्रकाशित गरेको थियो ।