२०८१ श्रावण १२

प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनी सम्पन्न, नगद ५० लाख रुपैयाँको कारोबार ।

काठमाण्डौँ, पोखरामा सम्पन्न प्रथम प्रादेशिक कृषि यान्त्रीकरण प्रदर्शनीमा, ५० लाख रुपैयाँको नगद कारोबारसहित ६ करोड मूल्य बराबरको बुकिङ भएको छ ।
पोखरा प्रदर्शनी केन्द्रमा तीन दिन चलेको उक्त प्रदर्शनीमा करिब २८ हजार दर्शक भित्रिदा ५० लाख रुपैयाँको नगद कारोबारसहित ६ करोड मूल्य बराबरको कृषि सामग्रीहरूको बुकिङ भएको नेपाल कृषि मेसिनरी व्यापारी संघका अध्यक्ष कृष्ण शर्माले बताए ।
२०७० सालमा चितवनको नारायणगढबाट सुरु भएको उक्त प्रदर्शनी यो वर्ष गण्डकी प्रदेशको राजधानी पोखरामा आफूहरूले अपेक्षा गरेभन्दा पनि बढी सफलता हासिल गर्न सफल भएको आयोजकको दाबी छ ।


प्रदर्शनीमा नेपालसहित भारत, चाइना, जापान, डेनमार्ग, थाइल्याण्डसहित १० बढी मुलुकबाट कृषि औजार, उपकरण तथा प्रविधिहरू प्रदर्शनी एवं बिक्री भएको थियो । कृषि यान्त्रीकरणको प्रवर्द्धन र सचेतना गराउने उद्देश्यले आयोजना भएको उक्त प्रदर्शनीमा न्यूनतम १० प्रतिशतदेखि ३० प्रतिशतसम्म छुट भएको अध्यक्ष शर्माले दाबी गरे । प्रदर्शनीमा ६० भन्दा बढी व्यावसायिक तथा सेवामुलकका ७० वटा स्टलहरू
प्रदर्शनीमा नेपालको कृषि तथा पशुपालन क्षेत्रलाई यान्त्रीकरण, औद्योगीकरण, आधुनिकीकरण तथा व्यवसायीकरण गर्न टेवा पु¥याउने उद्देश्यले आयोजना गरिएको यस प्रदर्शनीमा आधुनिक कृषि, पशुपालन, मत्स्यपालन, पुष्प खेती, व्यवसायीक तरकारी खेती र प्रशोधन तथा बजारीकरण सम्बन्धी आधुनिक यन्त्र, उपकरण तथा प्रविधिका सामाग्री, बीउबिजन, आधुनिक सिँचाइलगायतको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा रहेका प्रतिष्ठित कम्पनीहरूको सहभागिता रहेको संघले जनाएको छ ।