२०८१ श्रावण १२

माओवादी केन्द्रले ६ वटै उम्मेदवारको नाम टुंगो लगायो ।

काठमाडौँ, नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभाका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ । ्
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवार टुंगो लगाएको हो । माओवादी केन्द्रले कोशीबाट महिला कोटामा चम्मादेवी कार्की बागमतीमा अपाङ्गतर्फ श्रीकृष्ण अधिकारी र गण्डकीमा महिलातर्फ मनरूपा शर्मा उम्मेदवार चयन भएको केन्द्रका सचिव देवेन्द्र पौडेल बताए । यस्तै लुम्बिनीमा अन्यबाट झक्कु सुवेदी, कर्णालीमा दलित तर्फबाट विष्णु विश्वकर्मा र सुदूरपश्चिममा महिला कोटामा रेणु चन्दको नाम टुंगो लागेको पौडेलले जानकारी दिए ।
राष्ट्रिय सभामा रिक्त हुने २० मध्ये १९ पदका सोमबार मनोनयन दर्ता हुँदैछ । निर्वाचन भने माघ ११ गते हुनेछ ।