२०८१ श्रावण १२

बास्केटबल संघको अध्यक्षमा भीमसिंह गुरुङ निर्विरोध चयन ।

काठमाडौँ, नेपाल बास्केटबल संघको पाँचौं साधारण सभाले भीमसिंह गुरुङको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा जुमप्रसाद गुरुङ र मनीषकुमार हयोजु उपाध्यक्ष, नरेन्द्र थापा महासचिव, फनिन्द्रमान श्रेष्ठ सचिव तथा विष्णुहरि त्रिपाठी कोषाध्यक्ष निर्वाचित भएका छन् ।
पवनकुमार थापा, सरोजा कोइराला (श्रेष्ठ), बसन्तराज गिरी, राजकुमार महर्जन र लोकेन्द्रबहादुर सिंह सदस्यमा चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय खेलकुद परिषद ्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेलले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गर्नुका साथै पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।