२०८१ श्रावण १२

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, बैठकले राष्ट्रियसभा उम्मेदवारको टुंगो लगाउने ।

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको मुख्यसचिव कृष्णप्रसाद
सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवार चयन लगायत विषयहरूमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । यसअघि केन्द्रीय कार्यसमितिको बैठकमा नेताहरूले त्यसबारे विभाजित धारणा राखेका थिए भने बैठकले अवसर
१९ सिटका लागि हुने निर्वाचनमा गठबन्धनको शनिबारको बैठकले कांग्रेसका भागमा १० सिट तय गरेको छ ।
जबकि सात प्रदेशबाट उम्मेदवारका आकांक्षीहरूको सख्या भने चार सय हाराहारी छ । पार्टीभित्र असन्तुष्टि नहोस् भन्ने हिसाबले सिटको टुङ्गो लाग्ने बित्तिकै उम्मेदवार चयनका विषयमा छलफल गर्न सभापति देउवाले बैठक राखेका हुन् । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने कार्यक्रम छ ।