२०८१ श्रावण १२

आज पनि सत्ता गठबन्धन बैठक बस्दै, बैठकले कलस्टरको टुंगो लगाउने ।

काठमाडौँ, सत्ता गठबन्धन चार दलको बैठक आज पनि बस्दै छ । आज विहान बस्ने बैठकले कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले पाएको सिटको क्लस्टर टुंगो लगाउने छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मध्य राती राष्ट्रिय सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमती भएको छ । गठबन्धन सम्बद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबिच भएको छलफले सिट बाँफाँट टुंगिएको हो । माघ ११ मा निर्वाचन हुने १९ सिटमध्ये कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जसपाले एक सिट लिने भएका हुन् ।
यद्यपि एकीकृत समाजवादी र जसपाले थप एक–एक सिटको दाबी छाडेका छैनन् । कांग्रेस र माओवादीले एक–एक सिट छाड्नुपर्ने एकीकृत समाजवादी र जसपाको अडान छ । मतभारलाई हिसाब गर्दै कांग्रेस र माओवादीले एकीकृत समाजवादी र जसपालाई थप सिट दिने अवस्था
राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद र पालिका प्रमुख–उप्रमुख मतदाता हुन्छन् । राष्ट्रिय सभाका मतदाताको अंकगणित हेर्दा सात प्रदेश मध्ये ६ वटामा कांग्रेस पहिलो छ । कोशी प्रदेशमा भने एमालेको मतभार कांग्रेसको भन्दा बढी छ । कर्णालीमा माओवादी केन्द्रको दोस्रो मतभार छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा तेस्रो मतभार छ ।
रााष्ट्रिय सभाका लागि कोशीमा अन्य र महिला गरी २ सिट, मधेशमा अन्य र महिला गरी २, बागतीमा अपांग, दलित, अन्यसहित चार, गण्डकीमा अपांग, महिला र अन्य गरी ३ सिट, लुम्बिनीमा महिला र अन्य गरी २ सिट, कर्णालीमा महिला, दलित र अन्य गरी ३ सिट र सुदूरपश्चिममा अन्य, अपांग र महिला गरी ३, सिटका लागि निर्वाचन हुनेछ । गठबन्धनबीच यी नै क्लस्टरका आधारमा भागबन्डा गर्ने तयारी छ ।
भोलि उम्मेदवारी दर्ताको समय भएकाले सबै विषय आज टुंग्याउने नेताहरुको तयारी छ ।