२०८१ श्रावण १२

टी–२० विश्वकपः अन्र्तगत नेपाल समूह ‘डी’ मा, पहिलो खेल नेदरल्यान्ड्स सँग खेल्ने ।

काठमाडौँ, आइसिसी टी–२० विश्वकप २०२४ को खेल तालिका सार्वजानिक गरिएको छ । अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले शुक्रबार सार्वजानिक गरेको तालिकामा नेपाल समूह ‘डी’ मा रहेर दक्षिण अफ्रिकासँगै श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सँग प्रतिस्पर्धा गर्ने छ। नेपालले दुई खेल अमेरिकामा खेल्दा दुई खेल क्यारेबियन भुमिमा खेल्ने छ।
नेपालले पहिलो खेलमा नेदरल्यान्ड्स सँग ४ जुनमा अमेरिकाको डालसमा खेल्ने छ। त्यस्तै ११ जुनमा नेपाल र श्रीलंकाबिच अमेरिकाको फ्लोरिडामा दोस्रो खेल हुँदा १४ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज)मा नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने छ।
समूहचरणको अन्तिम खेलमा नेपालले १६ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज) मा प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको उद्घाटन खेल १ जुनमा अमेरिका र क्यानडाबिच डालसमा हुँदा प्रतियोगिताको फाइनल २९ जुनमा बार्वाडोसमा हुने छ ।
आइसिसी टी–२० विश्वकप २०२४ को ४१ खेल वेस्ट इन्डिजमा र १४ खेल अमेरिकामा हुने छ ।


समूह ए, समूह बी, सी र डीमा पनि ५÷५ टोली छन्। सबै टोलीले आफ्नो समूहमा ४–४ खेल खेल्ने छन् । समूह चरणको अन्त्यमा अंक तालिकाको शीर्ष २ टोली सुपर–८ चरणमा प्रवेश गर्ने छन् । यस चरणमा, ८ टोलीहरू प्रत्येक ४ को द्द समूहमा विभाजन गरिने छ। यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलको विजेता दुई टोलीबीच जुन २९ मा फाइनल खेल हुने छ।