२०८१ श्रावण १२

आजदेखि पोखरामा तीन दिने कृषि औजार मेला सुरु ।

काठमाण्डौँ, पोखरामा तीन दिने कृषि औजार मेला आजदेखि सुरु भएको छ ।
गण्डकी प्रदेशको पोखरा स्थित नयाँबजारको प्रदर्शनी केन्द्रमा आज, भोलि र पर्सिसम्म मेला सञ्चालनमा रहने नेपाल कृषि मेशिनरी व्यवसायी संघ (नामिया) की उपाध्यक्ष सुनिता नेम्खेवाले बताइन् ।
प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुल्ला रहनेछ । प्रदर्शनीमा ६० भन्दा धेरै स्टलहरु रहनेछ भने करिब ५ करोड मूल्य बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ । कृषक, कृषि कर्मी, उद्यमी, व्यवसायी, कृषि बिग्य, राजनीतिकर्मी, विद्यार्थी, कर्मचारी लगायत करिब २० हजारले मेलाको अवलोकन गर्ने लक्ष्य आयोजकले लिएको छ ।
एकै थलोमा आधुनिक प्रविधि, विभिन्न कृषि औजार र उपकरण र यन्त्रहरु तथा सेवाहरूका बारे जानकारी गराउन, नीति निर्माता तथा उपभोक्ताहरूलाई कृषि यान्त्रीकरण प्रविधि सम्बन्धी चेतना जगाउन प्रवर्द्धनमा योगदान पुर्याउन, कृषि यान्त्रीकरण प्रविधि तथा सेवाको आन्तरिक बजारको विकास गर्ने जस्ता उद्देश्य आयोजकले लिएको छ ।