२०८१ श्रावण १२

अमेरिकाको एक विद्यालयमा गोली चल्यो ।

काठमाडौँ, अमेरिकाको डल्लासस्थित आयोवाको पेरी हाई स्कुलमा गोली चल्दा १ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।
स्कुलका १७ वर्षीय एक विद्यार्थीले ६ कक्षाका विद्यार्थीह?मा गोली चलाएका थिए । उनले चलाएको गोली ५ जना विद्यार्थी र एक शिक्षकलाई लागेको छ । उनीह?मध्ये एक जनाको अवस्था गम्भीर छ भने चार जनाको अवस्था स्थीर छ ।
घटनास्थलमा गोली चलाउने विद्यार्थी नै मृत फेला परेका छन् । उनले अ?लाई गोली चलाएर आफूले आत्महत्या गरेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ ।
विद्यालय खुलेको पहिलो दिनमै विद्यालयमा गोली चलेपछि अमेरिकाको पेरी शहरका बासिन्दा आतंकित छन् । पेरी अमेरिकाको सानो शहर हो । यहाँ करिब ८ हजार जनसंख्या छ ।
अमेरिकामा बन्दुकबाट हुने आक्रमण चिन्ताको विषय बनेको छ ।