२०८१ श्रावण १२

जिरोनाद्धारा एथ्लेटिको मड्रिडमाथि ४–३ को जित, जितसँगै जिरोना लिगको शीर्ष स्थानमा ।

काठमाडौँ, स्पेनिस ला लिगा फुटबलमा जिरोनाले एथ्लेटिको मड्रिडमाथि ४–३ को जित निकालेको छ ।
जितसँगै जिरोनाले शीर्ष स्थानमा रहेको रियल मड्रिडसँग अङ्क बराबरी गर्दै दोस्रो स्थानमा यथावत् रहेको छ । दुवै टिमको समान ४८ अङ्क रहेको छ । पराजित भएको एथ्लेटिको मड्रिड भने ३८ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा रहेको छ ।  जिरोनाले एथ्लेटिको मड्रिडमाथि सुरुदेखि नै दबाब बनाएको थियो । वालेरी फर्नान्डीजले दोस्रो मिनेटमा गोल गर्दै जिरोनालाई अग्रता दिलाएका थिए । १४ औँ मिनेटमा अल्भारो मोराटाले गोल गरेपछि एथ्लेटिको मड्रिडले खेल बराबरी गरेको थियो ।
२६ औँ मिनेटमा साभियो मुरेराले गोल गर्दै जिरोनलाई २–१ ले अघि बढाएका थिए । ३९ औँ मिनेटमा डेली ब्लाइन्डले गोल गरेपछि ३–१ को अवस्थामा पुगेको थियो । ४४ औँ मिनेटमा एथ्लेटिको मड्रिडका लागि अल्भारो मोराटाले गोल गर्दै अन्तर ३–२ मा ल्याएका थिए ।
५४ औँ मिनेटमा मोराटाले ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा आएको थियो । तर, दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा इभान मार्टिनले गोल गरेपछि जिरोना ४–३ को जित निकाल्न सफल भयो ।