२०८१ श्रावण १२

सत्ता गठबन्धनको बैठक बस्दै, बैठक बालुवाटारमा विहान ९ बजे बस्ने ।

काठमाडौँ, राष्ट्रियसभा निर्वाचनमा सिट संख्या मलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ९ बजे गठबन्धनको बैठक बस्न लागेको हो ।
बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीको बैठक बसेको थियो । बुधबार नै बसेको प्रधानमन्त्री तथा माओवादी केन्दै अध्यक्ष पुष्पकमल दाहाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा नेकपा एमालेले पनि राष्ट्रियसभा निर्वाचनमा भाग खोजेपछि सत्तारुढ दलहरुबिच सिट बाँडफाड पेचिलो बनेको हो ।
बुधबारको बैठकमा सोही विषयमा छलफल भएपनि निष्र्कसमा पुग्न नसकेपछि बैठक बिनानिष्र्कस सकिएको थियो । साही विषयमा छलफल गर्न सतरुढ दलको बैठक बस्न लागेको हो ।
आगामी फागुन २० मा एमालेका (एक मनोनीत) सहित ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिँदै छ ।
जसमा कोशी प्रदेशबाट २, मधेस प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट २, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट ३–३ सदस्यका लागि निर्वाचन हुने छ ।
आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचनका लागि पुस २३ मा उम्मेदवारी दर्ता समय तोकिएको छ । निर्वाचनको मिति नजिकिएसँगै दलहरुबिच सिट बाँडफाँटबारे छलफलले तीव्रता पाएको छ।