२०८१ श्रावण १२

पाँचौँ राष्ट्रिय स्कि च्याम्पियनसिप प्रतियोगिता मुस्ताङको मुक्तिनाथमा हने ।

काठमाडौँ, नेपाल स्कि संघले माघको दोस्रो साता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा पाँचौँ राष्ट्रिय स्कि च्याम्पियनसिप प्रतियोगिता गर्ने जनाएको छ ।
प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ, त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा समावेश गरिएको छ । प्रतियोगिताका लागि आयोजना हुने प्रशिक्षणमा ५० जनाको सहभागिता हुने उनले जानकारी दिए । त्यसमध्ये उत्कृष्ट हुने खेलाडीलाई राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने भएको छ । प्रशिक्षण मुक्तिनाथको प्रतियोगिता स्थलमै हुने संघका महासचिव विजय श्रेष्ठले बताए ।


प्रतियोगिताका विजेता खेलाडीलाई पदक र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै, विजयी खेलाडीलाई थप प्रशिक्षण प्रदान गरेर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता गराइने संघले जनाएको छ ।
प्रतियोगितामा नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय खेलकुद परिषद्, गण्डकी खेलकुद परिषद् र नेपाल पयर्टन बोर्डको साथ रहनेछ । यसैगरी मनकामना केबलकार र पोडवे नेपालले प्रायोजन गर्ने भएको छ ।
सन् २०२४ को जनवरी–फरवरीमा दक्षिण कोरियाको गाङवनमा हुने युथ ओलम्पिक्समा नेपालका तर्फबाट छनोटका भएका छोवाङ मिन्गुर तामाङ र लक्ष्मी राईले सहभागिता रहने संघले जनाएको छ ।