२०८१ श्रावण १२

जापानमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी ।

जापानमा ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ ।
सुनामीको चेतावनी जारी भएपछि इशिकावा भन्ने स्थानको समुद्री किनारका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण सुरु गरिएको छ । जापानको मौसम विभागले पाँच मिटरसम्म अग्लो समुद्री छाल उठ्ने र त्यसले क्षति पुर्याउन सक्ने चेतावनी दिएको छ ।

इशिकावाको शुजु शहरमा केही घर र विजुलीका पोलहरू ढलेको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।
यसैगरी निगाता र टोया क्षेत्र पनि सुनामीबाट प्रभावित हुने अनुमान छ । यी क्षेत्रमा तीन मिटरसम्म छालको लहर उठ्ने बताइएको छ ।
जापानको सबैभन्दा ठूलो आणविक ऊर्जा अपरेटर कान्साई इलेक्ट्रिक न्युक्लियर प्लान्टहरुमा भने भूकम्पले क्षति नपु¥याएको बीबीसीले जनाएको छ ।