२०८१ श्रावण १२

दक्षिण अफ्रिकाद्धारा इजराइलविरूद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दायर ।

काठमाण्डौँ, इजराइलले अक्टोबर ७ देखि गाजामा गरिरहेको आक्रमणको विषयमा दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा नरसंहार मुद्दा दायर गरेको हो ।
दक्षिण अफ्रिकाले इसराइलमाथि मानवअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धीहरूको उल्लंघन गर्दै गजामा नरसंहार गरेको आरोप लगाएको सिएनएनले उल्लेख गरेको छ ।


इजराइलले गजामा गरेका सबै क्रियाकलाप र भूलचुक चरित्रमा नरसंहार नै दाबी गर्दै गजामा प्यालेस्टिनियनहरूलाई नष्ट गर्ने उद्धेश्य राखेको दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा दिएको निवेदनमा उल्लेख छ ।
इजराइलले भने दक्षिण अफ्रिकाको आरोपको खण्डन गर्दै मानवअधिकारको रक्षा गर्ने सम्बन्धमा आफू प्रतिबद्ध रहेको बताएको छ ।
इजरायले आतंकवादी समूह हमास र तिनलाई सहयोग गर्ने अन्य आतंकवादी समूहविरूद्ध कारबाही चलाइरहेका छौं। निर्दोष मानिसहरूलाई क्षति नपुगोस् भन्नेबारे र मानवीय सहायता सहजपूर्वक पुग्ने वातावरण बनाउनेबारे पनि सचेत छौ,’ इसराइली विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले लेखेको छ ।


इजराइली आक्रमणका कारण गजामा अहिलेसम्म २१ हजार ५ सयभन्दा बढी प्यालेस्टिनियनहरूको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।
हमासले अक्टोबर ७ का दिन इजराइलमा आक्रमण गर्दा १० नेपालीसहित १ हजार २ सय जना मारिएका थिए ।