२०८१ श्रावण १२

आजबाट नेकपा माओवादी केन्द्रको चार महिने अभियान सकिँदै

नेकपा (माओवादी केन्द्र) को चार महिने ‘जनतासँग माओवादी भन्ने विशेष रूपान्तरण अभियान’आजबाट सकिँदैछ ।
जनतासँग सम्बन्धविच्छेद भएर पार्टी बिग्रिएको निष्कर्षसहित नेकपा माओवादी केन्द्रले सुरू गरेको अभियान मूलभूत रूपमा सफल भएको निचोड निकालेको र आज समापन गर्न लागिएको महासचिव देव गुरूङले जानकारी दिए ।
‘सोमबार आ–आफ्नो ठाउँमा भोला, बैठक राख्ने र समीक्षासहित अभियानको समापन गरिने महासचिव गुरुङले जानकारी दिए । नेकपा माओवादीले गत भदौ १७ गतेदेखि मंसिर १७ सम्मका लागि तीन महिने अभियान सुरू गरेको थियो । अभियानप्रति जनताको साथ–समर्थन रहेको निष्कर्ष निकाल्दै थप एक महिना लम्ब्याइएको थियो ।
अभियानका क्रममा एउटा पालिकामा कम्तीमा एक जना माओवादी केन्द्रीय नेता खटिएका थिए।