२०८१ श्रावण १२

चीनीया प्याज भित्रिन थालेसँगै भारतीय प्याजसमेत सस्तीयो ।

काठमाडौँ, उपत्यकाको कालिमाटी तरकारी बजारमा चीनको प्याज भित्रिन थालेसँगै भारतीय प्याजसमेत सस्तो भएको छ ।
मङ्सिरको अन्तिम साता थोकमै प्रतिकेजी १६० रुपियाँ पुगेको भारतीय प्याज अहिले घटेर ८५ रुपियाँ पुगेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार आइतबार प्याजको मूल्य ८५ रुपियाँ थोकमा कारोबार भएको छ । मंसिरको अन्तिम साता भारतीय सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेसँगै नेपालमा भाउ ह्वात्तै बढेको थियो ।
समितिका अनुसार दैनिक ८० मेट्रिक टनको हारहारीमा प्याज कालीमाटी बजारमा भित्रिएको छ भने चीनबाट दैनिक पाँच÷सात मेट्रिक टन आएको छ । प्याज बजारमा भित्रिनेबित्तिकै भारतबाट आएको प्याजसमेत सस्तो भएको कालीमाटी समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए । चीनबाट भित्रिएको प्याजको भाउ ८० रुपियाँ प्रतिकेजी थोकमा कारोबार भएको छ भने भारतीय प्याजको भाउ थोकमा ८५ रुपियाँ छ । सूचना अधिकारी श्रेष्ठले प्याज अहिले मङ्सिर १६ कै अवस्थामा कारोबार भएको बताउनुभयो ।