२०८१ श्रावण १२

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्दैे छ ।

बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्ने एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठ बताए । बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।

एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन् । “महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ । त्यसबारे थप निर्णय सोही बैठकबाट हुने,” सचिव श्रेष्ठले बताए ।