२०८१ श्रावण १२

अन्ततः कम्यूनिष्टहरु गेरु वस्त्रमै, हिन्दुराष्ट्र पक्षधर आन्दोलनलाई टेवा

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफूलाई हिन्दु अवतारमा सार्वजनिक गरेका तस्बिरमाथि विविध कोणबाट चर्चा र टिप्पणी भएका छन्।
नेकपा एमालेको तीन हप्ता लामो मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियानको सुरुवाती चरणमा पूर्वप्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्दिर दर्शन गरेका तस्बिर सार्वजनिक गरे लगत्तै विभिन्न टिका टिप्पणी शुरु भएका हुन ।अध्यक्ष ओलीसँगै अन्य केही नेताले पनि रामनामी बस्त्र धारण गरेर त्यसैको पगरी गुथेको तस्बिरले कम्युनिष्ट शासक र नेताको छविमै नागरिक तहबाट प्रश्न उठेको छ ।


सत्ता प्रमुख दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले धर्मनिरपेक्षताबारे ‘रिभ्यू’ गर्नुपर्ने बेला आएको बताउँदै गर्दा ओलीले आफू मठमन्दिर दर्शनमा गएको सन्देश दिन खोजेको प्रष्ट हुन्छ । डोटीस्थित शैलेश्वरी माताको मन्दिर दर्शन गरेका तस्बिरहरु ओलीले आफ्नै व्यक्तिगत र पार्टीको आधिकारिक फेसबुकबाट सार्वजनिक गरेका छन्।
अभियानका क्रममा एमालेले मध्यपहाडी क्षेत्रका उद्यमी व्यवसायीहरूसँग भेट गर्ने, राम्रा काम गर्नेहरूलाई प्रोत्साहन गर्ने, विकासका चुनौतीहरूलाई सुन्ने, ऐतिहासिक स्थलहरूको अवलोकन गर्ने कार्यतालिका बनाएको छ । अध्यक्ष ओली मन्दिर दर्शनमा गएका तस्बिरका संकेत र सन्देशले अभियान नै ओझेलमा पर्न सक्ने एमालेभित्रकै एकाथरी नेताहरुको बुझाइ छ ।
छिमेकी मुलुक भारतको संस्थापन र उच्च तहबाट पनि नेपालमा धर्मनिरपेक्षता हटाउन देउवासँग कुरा भएको पनि सार्वजनिक भएको थियो । केही समयअघि प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवाबीच भएको अनौपचारिक भेटमा पनि देउवाले धर्मनिरपेक्षताको सन्दर्भमा समीक्षा गर्ने बेला भएको बताएका थिए ।
यिनै पृष्ठभूमिबाट त्रस्त मनस्थितिमा रहेका ओलीले डोटी पुगेर मन्दिर दर्शनको तस्बिर सार्वजनिक गरेको बुझ्न सकिन्छ ।
भनिन्छ,कम्युनिष्ट शासकहरु भगवान मान्दैनन् । उनीहरु धर्मलाई अफिमसँग तुलना गर्छन् । तर, केपी ओलीको हकमा भने उनलाई जब राजनीतिक संकट आइलाग्छ, उनी भगवानको शरणमा पुग्छन् । नेकपामा अन्तर्संघर्ष चुलिएको बेला चितवनको माडीमा राम मन्दिर बनाउने घोषणा गर्नु र प्रतिनिधिसभा विघटनपछि पशुपतिमा जलहरी चढाउनुले यसलाई पुष्टि गर्छ ।अभियानका क्रममा पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला पुगेर अध्यक्ष ओलीले फोन समवाद गरेको भिडियो सार्वजनिक भएको थियो । सो भिडियोमा सम्मवादका बेला पनि अध्यक्ष ओलीले सभापति देउवालाई डडेलधुरा जिल्लाको सबैभन्दा ठूलो र पवित्र मानिने मन्दीर कुन हो भनी सोधेको थियो की ? भन्ने उटपट्या आशंकाहरु ज्नस्तरमा उब्जीएका छन् ।


नेकपा मालेका महासचिव सीपी मैनाली नागरिक र बाह्य शक्तिलाई रिझाउन ओलीले बेलाबेला आफ्ना रुपहरु फेर्ने गरेको तर्क गर्छन् । उनीहरु सिद्धान्तनिष्ठ भएर जनताको राष्ट्रको भलाइको निम्ति विचार नीति ग्रहण र संरक्षण गर्ने नभएर सत्तालाई केन्द्रबिन्दुमा राखेर कहिले जनतालाई झुक्याउन अथवा कहिले विदेशी शक्तिहरुलाई रिझाउनको निम्ति उनीहरुको अभिव्यक्तिहरु आउने हुनाले उनीहरुको राजनीतिमा अस्थिरता वा रंग फेर्ने प्रवृत्ति देखिएको हो ।’


ओली मात्र नभई पूर्वविद्रोही नेता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि पूजा अर्चना र मठमन्दिर धाउन देखाएको सक्रियताले उनको कम्युनिष्ठ छविमै प्रश्न उठ्ने गछ । आफू नेतृत्व सरकारका ५ मन्त्री, छोरी गंगा दाहाल र सरकारका  उच्चपदस्अधिकारीहरुसहित भारत उज्जैनस्थित महांकालेश्वर मन्दिर पुगेको एक हप्तापछि नै पुष्पकमल दाहाल पशुपतिनाथ मन्दिरको दर्शनको लागि पुगेका थिए ।