२०८१ श्रावण १२

भ्रष्टाचार विरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५रुपैयाँको पुरस्कार

नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाण्डौंमा हेम–रिता फाउण्डेसन टेक्सास, अमेरीका र नेपाल पत्रकार महासंघ, झापा बिच ५ लाखको अक्ष्यकोष स्थापना गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा भ्रष्टाचार विरुद्ध कलम चलाउने झापाका एक जना पत्रकारलाई हरेक वर्ष ५० हजार ५ सय ५५रुपैयाँ पुरस्कार राशिको पुरुस्कार स्थापना गरिएको पनि उल्लेख छ ।
नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्टको रोहबरमा भएको सम्झौतामा फाउण्डेसनका तर्फबाट हेम पाठक र नेपाल पत्रकार महासंघ, झापाका सभापति एकराज गिरिले सम्झौतामा हस्ताक्षर गरे ।


दुईपक्षीय सम्झौतानुसार हेम–रिता फाउण्डेसनले पाँच लाखको अक्ष्यकोष स्थापना गर्ने र त्यसबाट प्राप्त रकमले पुरस्कार वितरण गर्ने सम्झौतामा उल्लेख छ । त्यसैगरी, सो पुरस्कार यसै बर्षबाट वितरण गरिने र सो बापतको रकम पनि प्राप्त भएको नेपाल पत्रकार महासंघ झापाका सभापति एकराज गिरीले बताए ।
उक्त, पुरस्कार हरेक बर्ष भ्रष्टचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको दिन टंकप्रसाद–रमादेवी पत्रकारिता पुरस्कारको नामबाट वितरण गरिने सम्झौतामा उल्लेख छ ।
महासंघ, झापाले अक्ष्यकोष सञ्चालन कार्यविधि तयार गर्ने र यसबर्षको पुरस्कार छनौट प्रक्रिया पनि छिट्टै अधि बडाउने तयारी गरेको महासंध, झापाका सहसचिव राजु पाठकले बताए ।