२०८१ श्रावण १२

कोशी प्रदेशका मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी बाँडफाँड गर्नुभएको छ ।
मन्त्रिपरिषद् गठन भएको ५० दिनपछि मुख्यमन्त्री कार्कीले मन्त्रीहरुलाई विभागीय जिम्मेवारी तोक्नुभएको हो । मन्त्रिपरिषद् गठन भएको लामो समयसम्म मुख्यमन्त्रीले नियुक्त गर्नुभएका सबै मन्त्रीहरुलाई जिम्मेवारी नदिई विनाविभागीय राख्नुभएको थियो ।
गत असोज २८ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले सोही दिन नेकपा (एमाले)बाट राम रानामगर र नेपाली कांग्रेसका शम्सेर राईलाई मन्त्री नियुक्त गर्नुभएको थियो भने कात्तिक १७ गते मन्त्रिपरिषद् विस्तार गरी नेकपा (माओवादी केन्द्र)बाट गणेशप्रसाद उप्रेती र नेकपा (एकीकृत समाजवादी)बाट कमलप्रसाद जबेगूलाई मन्त्री नियुक्त गर्नुभएको हो ।
दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेको ३० दिनपछि मुख्यमन्त्रीले नियुक्त तीन जना मन्त्रीहरुलाई आज (आइतबार) विभागीय जिम्मेवारी दिनुभएको हो ।
मुख्यमन्त्रीले कांग्रेसका शम्सेर राईलाई आन्तरिक मामिला तथा कानुन, माओवादी केन्द्रका उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीका जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रीको जिम्मेवारी तोक्नुभएको हो ।