२०८१ श्रावण १२

३० दूरसञ्चार प्रदायक कम्पनीलाई ७ दिनभित्र सम्पर्कमा आउन प्राधिकरणको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले २२ वटा दूरसञ्चार प्रदायक कम्पनीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ ।
नियमानुसार बुझाउनुपर्ने वित्तीय विवरण तथा रोयल्टी नबुझाउने २२ वटा दूरसञ्चार कम्पनीलाई सात दिन भित्र प्राधिकरणको सम्पर्कमा आउन आग्रह गरेको हो ।
‘नियमानुसार बुझाउनु पर्न अडिटेड वित्तिय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम निर्धारित समयभित्र बुझाउनु पर्नेमा सो भएको नदेखिएको र बक्यौता जम्मा गर्न प्राधिकरणबाट पटक–पटक सम्पर्क गर्न पत्राचार तथा इमेल गर्दा समेत सम्पर्क हुन नसकेकोले हुँदा यो सूचना प्रकाशन भएको मितिले ७ ९सात० दिनभित्र प्राधिकरणमा सम्पर्क गर्नको लागि यसै सूचनामार्फत जानकारी गराइन्छ,’ सूचनामा उल्लेख छ । साथै उक्त अवधिभित्र सम्पर्कमा नआएमा दूरसञ्चार ऐन, २०५३ बमोजिम प्राधिकरणबाट प्रदान गरिएको अनुमतिपत्र खारेजी गर्ने प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।