२०८१ श्रावण १२

३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस नेपालमा पनि मनाइदै

काठमाडौँ, अपाङ्गता भएका व्यक्तिहरूको ३२औँ अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरी नेपालमा पनि मनाइदै छ ।
३२औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस अवसरमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय द्वारा ‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धतास अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता’ भन्ने मूल नारा सहित प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ ।


कार्यक्रममा विभिन्न संघसंस्था, विद्यालयल गायतको सहभागिता रहेको थियो । उनीहरूले अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी शिक्षा लगायतका माग राखेका थिए । संयुक्त राष्ट्रसघको महासभाले सन्न् १९९२ मा घोषणा गरेदेखि हरेक वर्ष डिसेम्बर ३ मा अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाइँदै आइएको छ ।