नेदरल्याण्ड्सको संसदीय चुनावमा पिभिभि पार्टी सबैभन्दा ठुलो दल बन्यो
काठमाडौं, नेदरल्याण्ड्सको अति दक्षिणपन्थी पपुलिस्ट पार्टी फर फ्रिडम (पिभिभि) संसदीय चुनावमा सबैभन्दा ठुलो दल बनेको छ ।
प्रतिनिधिसभा वा संसद्को तल्लो सदनमा १५० सिटमध्ये ३७ सिट प्राप्त गर्दै पिभिभि इतिहासमा पहिलो पटक देशको सबैभन्दा ठुलो दल बनेको डच इलेक्टोरल काउन्सिलले बताएको छ ।
नोभेम्बर २२ मा भएको निर्वाचनमा ७७ दशमलव ७ प्रतिशत मतदान भएको थियो । जुन २०२१ मा ७८ दशमलव ७ प्रतिशत र २०१७ मा ८१ द्यशमलव ९ प्रतिशत थियो । ग्रिनलेफ्ट–लेबर गठबन्धन २५ सिटका साथ दोस्रो स्थानमा छ ।

जबकि दक्षिणपन्थी पिपुल्स पार्टी फर फ्रिडम एन्ड डेमोक्रेसी (भिभिडी) २४ सिटका साथ तेस्रो स्थानमा र नयाँ केन्द्रवादी पार्टी न्यु सोसल कनट्र्याक्ट (एनएससी) २० सिटका साथ चौथो स्थानमा छ ।
डेमोक्रेट ६६ ले नौ सिट, किसान–नागरिक आन्दोलन बोएरबर्गर बिवेजिङले सात सिट, समाजवादी पार्टी (एसपी) र क्रिस्चियन डेमोक्र्याटिक अपिल (सिडिए) ले पाँच–पाँच सिट र बाँकी सिटहरू सात साना दलहरूमा बाँडफाँड गरेका छन् ।
-
१
मनाङ जिल्लमा ४० प्रतिशतमात्र मतदान, मतपेटीका संकलन शुरु, मतगणना शुक्रबार बिहान ९ बजेबाट शुरु हुने ।
-
२
नेपाली काँग्रेसका उम्मेद्वार टेक बहादुर गुरुङद्वारा मतदान सम्पन्न ।
-
३
मनाङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२, अन्तर्गतका सबै तयारी पुरा : प्रजिअ पौड्याल ।
-
४
मौन अवधि सुरु, आचारसंहिता अनुगमन गर्न अधिकृतलाई आयोगको निर्देशन


प्रतिक्रिया दिनुहोस्