प्रधान सेनापतिद्वारा विद्यालय भवनको शिलान्यास, बि.बि.ए. विषय पठनपाठनको औपचारिक शुरुवात
काठमाण्डांैं, प्रधान सेनापति प्रभुराम शर्माले सैनिक आवासीय महाविद्यालय, पोखराको बि.बि.ए. भवनको शिलान्यास र पठनपाठनको औपचारिक शुरुवात गरेका छन् ।
नेपाली सेनाको कल्याणकारी योजनाद्धारा सञ्चालित महाविद्यालयमा भएको कार्यक्रममा विद्यार्थीहरूद्वारा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । त्यस अवसरमा प्रधान सेनापतिले महाविद्यालयको वार्षिक मुख पत्र फूलबारी विमोचन गरेका थिए ।

यस्तै, महाविद्यालयका उत्कृष्ट शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएका थिए ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायका डीन, प्राध्यापकवर्ग, जनप्रतिनिधि, रथीवृन्द, प्रमुख जिल्ला अधिकारी तथा कार्यालय प्रमुखहरू, महाविद्यालयका प्रिन्सिपल तथा शिक्षक लगायत नेपाली सेनाका अधिकृतहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमम प्रधान सेनापति शर्माले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई प्रधान सेनापति प्रशंसा निसान प्रदान गरेका थिए ।

-
१
काँग्रेस सांसद टेकबहादुर गुरुङद्वारा एक लाख ११ हजार १११ सहयोग हस्तान्तरण ।
-
२
भोटेकोशी बाढीबाट मृत्यु भए एक हजार ३४४ शव फेला, खोजी जारी ।
-
३
बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४ सय ३५ जनाको उद्धार, ४ हजार २ सय ४७ जना अझै सम्पर्कविहीन ।
-
४
यस बर्षको एसईई परीक्षामा मनाङको अन्नपूर्ण मा.वि.का सबै विद्यार्थी उर्तीण ।


प्रतिक्रिया दिनुहोस्