२०८१ श्रावण १२

‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकलाई

काठमाडौँ, ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्रभु बैंकले प्राप्त गरेको छ ।
बेलायतको लन्डनस्थित् फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो ।


सन् २००० देखि ‘दि बैंकर’ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
‘बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ ।