२०८१ श्रावण १२

काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रको शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न ।

काठमाण्डौँ, काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रले मुूप्री ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाटको कार्यक्रम गरेको छ ।
मनाङ जिल्लोको तल्लो भेग हालको नासों गाउँपालिकाका विभिन्न पालिकाहरुमा बसोबास गरी हाल काठमाण्डौँमा बस्ने गुरुङहरुको संस्था काठमाण्डौँ मनाङ जिल्ला सेवा केन्द्रले गुरुङ जातिको महान चाड मुप्री ल्होसारको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम गरेको हो ।


केन्द्रका अध्यक्ष रामकृष्ण गुरुङको अध्यक्षता, पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य माननीय टेक बहादुर गुरुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गण्डकी प्रदेशमा पूर्व खेलकुदमन्त्री एवं सांसद माननीय राजीव गुरुङ, पूर्व सांसद चिन्ता बहादुर घले, जिल्ला समन्वय समिति मनाङका प्रमुख चिन धले, नासों गाउँपालिकाका प्रमुख चन्द्र घलेको उपस्थिती रहेको थियो ।


काठमाण्डौंको मण्डप बैंक्वेट, गंोंगबुमा भएको कार्यक्रममा प्रमुख अतिथी गुरुङले पश्चिमी संस्कृतिको अतिक्रमण बढी रहेको वर्तमान अवस्तामा भाषा, कला, धर्म सांस्कृतिको संरक्षण र प्रर्वद्धन आवश्यक भएको बताए । त्यसका लागि युवा पुस्ता जागरुक हुन आवश्यक रहेको पनि बताए । कार्यक्रममा प्रमुख अतिथी माननीय गुरुङले केन्द्रलाई सहयाृग स्वरुप ५१ हजार नगद समेत प्रदान गरे ।
कार्यक्रम, जातिय पहिचान झल्काउने विविध सांस्कृतिक नृत्यहरु प्रस्तुत गरिएको थियो ।कार्यक्रममा केन्द्रका पूर्व अध्यक्षहरुलाई कदरपत्र सहित सम्मान समेत गरिएको थियो ।

कार्यक्रमका फोटोहरु