२०८१ श्रावण १२

नेपाल सुपर लिगको फाइनल खेल आज

काठमाडौँ, नेपाल सुपर लिगको उपाधिका लागि आज धनगढी एफसी र ललितपुर सिटी एफसीबिच प्रतिस्पर्धा हुने भएको छ ।
धनगढी एफसी लिग चरणमा दोस्रो हुँदै पहिलो क्वालिफायरमा पुगेको थियो । पहिलो क्वालिफायरमा पोखरा थन्डर्स एफसीमाथि पेनाल्टीमा सान्दार जित हात पारेको थियो ।
ललितपुर एफसीले इलिमिनेटरमा काठमाडौँ रेजर्स एफसीलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । दोस्रो क्वालिफायरमा पनि पोखरा थन्डर्सलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।
उपाधि जित्ने टोलीले ७० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको उपविजेता टोलीले २० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ ।
फाइनल खेल दशरथ रंगशालामा साँझ साँढे ५ बजे सुरु हुनेछ ।