२०८१ श्रावण १२

मन्त्रीको गाडीमा आगजनी

काठमाडौं, ललितपुरको बालकुमारीमा मन्त्री सवार गाडीमा आगजनी भएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको हो । “मन्त्रीज्यूलाई गाडीबाट निकालेर ईपीएसको परीक्षा दिन माग गर्दै धर्नामा बसेका व्यक्तिले आगजनी गरेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ । “बिहानैदेखि ईपीएसको कार्यालयमा धर्नामा बसेकाहरूले मन्त्रीज्यूको गाडी पुगेपछि रोकेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए ।