२०८१ श्रावण १२

जाडो छल्न बेसी झर्नेे मनाङेको संख्यामा कमी, ७० प्रतिशत मात्रै बसी झरे ।

चिसो बडेसंगै जाडो छल्न बेसी झर्ने माथिल्लो मनाङका वासिन्दाको परम्पामा बदलाव आएको छ ।
जाडो याममा माथिल्लो मनाङेमा अध्याधिक चिसो हुने भएकाले सामान्यतय मंसिर महिनाको अन्तिहप्ता वा पुसको पहिलो हत्पादेखि जाडे छल्न माथिल्लो मनाङका सर्वसाधरण बेसी झर्ने गर्दथे । तर, यस बर्ष भने हालसम्म ७० प्रतिशत मात्र बेसी झरेका छन् । ३० प्रतिशत जनता माथिल्लो मनाङमै बसीरहेका छन् । केही दिन पहिले दुईपटक हिमपात भए पनि हाल हिमपात नभएको र दैनिन १०–१५ जनाको संख्यामा पर्यटकहरु मनाङ आइरहेको स्थानीय होटल व्यसायी एवं समाजीक अगुवा ओङमा गुरुङले बताए ।
हिमपातको समय निकै नै चियो भएपनि हाल मौसम सफा छ, घामलागि रहेको छ । बिहान र राती चिसो भएपनि दिनमा घाम लाग्नाले निक्कैनै न्यायो हुन्छ । दैनिक १२ देखि १५ जनाजति पर्यटकहरु मनाङ आइनै रहेका छन् । यहॉ आउने अधिकांश पर्यटकहरु थोरङला पास गरी मुस्ताङ जाने र कोही तिलिचु लेकसम्म जाने गरेका छन् । त्यसैले नगन्य होटल बन्द भएपनि अधिकांश होटलहरु सञ्चालनमै रहेको उनले बताए ।


विगतमा मंसिरको अन्तिमबाटै एक जना धर कुरुवा राखेर अधिकांश मनाङेहरु जाडो छल्न बेसी तथा अन्य स्थानतिर जाने गरेको भएतापनि यसबर्ष म लगायत ३० प्रतिशत मानसिहरु मनाङमै बसी रहेका छौं–उनले भने ।
त्यसैगरी, दैनिक १० देखि १५ जना को संख्यामा पर्यटहरु तिलिचु आउने गरेको  छ । त्यसैले बेस क्यामका सबै होलहरु सञ्चालनमै रहेको तिलिचु बेस क्याम्पमा होटल सञ्चालक छिरीङ्ख दोर्जे गुरुङको भनाइ छ ।
उता, चिसो बडेसंगै नार्पाभूमी गाउँपालिकाको नार र पूm प्राय मानवरहित जस्तै भएको मनाङका सहाक जिल्ला अधिकारी एवं सूचनाअधिकारी शिशिर घिमिरेको भनाई छ । चिसो बडेसंगै बैंक, प्रहरी लगायत केही कार्यलहरु सदरमुका केन्द्रीत गरिएको उनले बताए । त्यसैगरी, अतिआवश्यक कामहरु सञ्चालनका लागि सदरमुकाम नजीकैको कोतोमा गाउँपालिकाको सम्पर्क कार्यालय स्थापना गरिएको पनि सहायक उनले बताए । त्यसैगरी जाडे बडेसंगै केही कर्मचारी जाडो छल्न जिल्ला बाहर गएपनि कार्यालयहरु बन्द नभएको र सेवाग्रहीलाई प्रदान गरिने सेवा सुचारु नै रहेको पनि बताए ।