२०८१ श्रावण १२

आज एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सकिने ।

बुधबारदेखि जारी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज सम्पन्न हुंदैछ ।
आज बिहान ११ बजे बस्ने बैठकमा केन्द्रीय सदस्यहरूले विधानको प्रस्तावमाथि आफ्ना धारणा राख्नेछन्।
ललितपुरमा जारी सातौं केन्द्रीय कमिटी बैठकमा अधिकांश केन्द्रीय सदस्यले ५० वर्षमुनिका ५० प्रतिशत नेतालाई पार्टीको केन्द्रीय कमिटीमा समेटिनुपर्ने माग गरेका छन् ।
बैठकमा ७५ जिल्लाका प्रमुख, ३२ वटा विभाग, प्रदेश अध्यक्षलगायत तीन सय एक सदस्यीय केन्द्रीय कमिटी बनाउनुपर्ने, प्रदेश कमिटी एक सय ५० सदस्यीय हुनुपर्ने, क्रियाशिलता, भूगोल, समुदायलाई समेटेर केन्द्रीय कमिटी बनाउनुपर्ने सुझाव दिइएको थियो ।
एकीकृत समाजवादीको ३३७ सदस्यीय केन्द्रीय कमिटी छ । सबैलाई बोल्न समय दिइएको छ । एकजना केन्द्रीय सदस्यलाई विधानमाथि आफ्ना धारणा राख्न तीन मिनेटको समय दिइएको एकीकृत समाजवादीले बताएको छ ।
केन्द्रीय कमिटी बैठकपछि माघ १४ र १५ गते केन्द्रीय परिषद्को बैठक बस्ने उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीकातर्फबाट उम्मेदवार चयन गर्नेलगायत विषयमा निर्णय गर्दै बैठक आज सकिने छ ।