२०८१ श्रावण १२

सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुँदै ।

काठमाण्डौँ, संविधान प्रदत्त अधिकारका बारेमा छलफल गर्न सातै प्रदेशका मुख्यमन्त्रीहरू आज हेटौँडामा भेला हुँदैछन् ।
संविधानमा व्यवस्था भएको प्रदेश र स्थानीय सरकारको अधिकारका बाँडफाँडमा देखिएको समस्यामाथि छलफल र संविधान कार्यान्वयनका लागि आवश्यक सुझाव दिने उद्देश्यसहित सातै प्रदेशका मुख्यमन्त्रीहरू हेटौँडामा भेला हुने भएका हुन् ।
आज र भोली दुईदिन हुने भेलामा सातै प्रदेशका प्रमुख सचिव, मुख्य न्यायधिवक्ता, गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल नगरपालिका सङ्घका पदाधिकारीहरूको सहभागिता रहने भएको छ ।
बागमती प्रदेश मुख्यमन्त्री कार्यालयका अनुसार छलफलपछि शुक्रवार साझा प्रतिवेदनसमेत अनुमोदन गर्ने कार्यक्रम रहेको छ ।