२०८१ श्रावण १२

संस्थापनइतर नेपाल विद्यार्थी संघको भेला काठमाण्डौँमा ।

नेता शेखर कोइराला र महामन्त्री गगन थापा समूह निकट नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूको भेला बोलाइएको हो ।
बुधबार बिहान ११ः३० बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला हुने नेविसंघ नेता भुवन भट्टले बताए ।
‘भेलामा दुई सय २० जना नेविसंघ केन्द्रीय सदस्यलाई बोलाइएको छ । भेलामा ‘नेविसंघको १२ औं महाधिवेशन सुनिश्चिततालगायत विषयमा छलफल गरिने बताइएको छ ।
कांग्रेसले सात सय १० सदस्यीय नेविसंघ तदर्थ समिति गठन गरेर महाधिवेशन गर्न भने पनि त्यसतर्फ कुनै तयारी नभएपछि संस्थापनइतर समूहले भेला बोलाएको हो ।
नेविसंघका विभिन्न जिल्ला, क्याम्पसलगायत समितिमा बिबाद देखिएका छन्। जिल्ला अध्यक्ष तोक्दै चिठ्ठी दिने क्रम चल्दै आएको छ। ‘विधानविपरीत कामहरू भएका छन्, हाम्रो समूह टुलुटुलु हेरेर बस्दैन,’ भट्टले भने, भेलाबाट आन्दोलनका कार्यक्रम ल्याउने तयारी गरेका छौ ं।’