२०८१ श्रावण १२

कम्युनिष्टहरुले कांग्रेसको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भनिरहेका छन् : मोहन वैद्य

काठमाडौँ – क्रान्तिकारी कम्युनिष्ट पार्टीका अध्यक्ष मोहन वैद्यले कम्युनिष्टहरु कांग्रेसीहरुको संसदीय व्यवस्थाको भाग खोसेर संसदीय व्यवस्था हाम्रो हो भन्न लागि परेको बताए ।
माओ दिवसको अवसरमा काठमाडौँमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष बैद्यले
ऐतिहासिक झापा विद्रोहका साथीहरु र महान जनयुद्धमा संलग्न साथीहरु संसदीय व्यवस्थामा गएर कांग्रेसीहरुको भाग खोसेर हाम्रो पो व्यवस्था हो त भनेर लाग्नुभएको छ । लाजको मर्नु । त्यसकारणले यो सत्ता र व्यवस्थाबाट पनि जनताको मुक्ति हुनेवाला छैन ।’
अहिलेको सत्ता र व्यवस्थाबाट जनताका समस्या समाधान हुन नसक्ने जिकिर समेत गरे । उनले राष्ट्रियता जनतन्त्र र जनजीविकाका समस्याहरु थप विकराल बनेर गएको दाबी गरे ।