२०८१ श्रावण १२

नेपाल–चीन ब्यापाघाटा बढ्यो, निर्यातभन्दा आयात बढी

काठमाडौं, गएको चार महिनामै नेपाल–चीनबिचको ब्यापार घाटा ९९ अर्ब ४१ करोडको पुगेको छ ।
चालु आर्थिक वर्षको चार महिनामा चीनतर्फ जम्मा ८३ करोड ५४ लाख रुपैयाँको निकासी भएको छ । यही अवधिमा चीनबाट नेपालतर्फ १ खर्ब २५ करोड रुपैयाँ बराबरको वस्तु आयात भइसकेको छ । चार महिनामा निर्यातभन्दा आयात १२० गुणा बढी छ । भन्सार विभागको तथ्यांकअनुसार चार महिनामै नेपालले चीनसँग ९९ अर्ब ४१ करोड व्यापारघाटा व्यहोरिसकेको छ ।
गत चैत १८ बतेबाट रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आएको थियो भने वैशाख १८ गतेबाट तातोपानी र हिल्सा नाकासमेत सञ्चालनमा आएसँगै नेपालको निकासी व्यापारले गति लिने अपेक्षा गरिए पनि परिणाम सोचेजस्तो नदेखिएको व्यवसायीहरु बताउँछन् ।
नेपालबाट चीनतर्फको निकासी यस अवधिमा ३०७.९ प्रतिशतले बढेको देखिए पनि आयात ३४.४ प्रतिशतले मात्र बढ्दा व्यापारघाटा बढेको देखिएको छ । भारतसँग सबैभन्दा ठूलो व्यापारघाटा देखिए पनि निर्यात र आयातको अनुपात हेर्दा चीनसँग उच्च देखिन्छ । भारतबाट ३ खर्ब १४ अर्बको आयात हुँदा निर्यात ३३ अर्ब ३२ लाख रुपैयाँको भएको छ । चार महिनामा भारतसँगको व्यापारबाट २ खर्ब ८१ अर्ब घाटा व्यहोरे पनि निर्यातभन्दा आयात ९.५१ गुणामात्र बढी छ ।
नेपालबाट चीनतर्फ मुख्यतयाः पास्ता, चाउचाउ, ऊनी गलैंचा, ऊनी फेल्टका सामग्री, तामाका सामान, हस्तकला सामग्री, अगरबत्ती तथा जडिबुटी निकासी हुने गरेका छन् ।