२०८१ श्रावण १२

गण्डकी प्रदेश प्रमुख र मन्त्री निवासको बिजुलीको लाइन काटियो

पोखरा संवाददाता, गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ सहित ३ वटा सरकारी निवासको विद्युत् लाइन काटिएको छ ।
भौतिक पूर्वाधारमन्त्री रेशम जुग्जाली र आन्तरिक मामिला मन्त्रालयको नाममा रहेको निवासको विद्युत् काटिएको छ । विद्युत् महसुल समयमा नबुझाएपछि कार्यालयको विद्युत् लाइन काटिएको विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रले जनाएको छ । तीन वटै निवासले २ लाख ५६ हजार भन्दा बढी रकम तिर्न बाँकी रहेको पनि विद्युत कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुख निवासको ८६ हजार, आन्तरिक मामिला मन्त्रालयको निवासले ७७ हजार तथा भौतिक पूर्वाधार मन्त्रालयको निवासले ९१ हजार रुपैयाँ महसुल तिर्न बाँकी छ । बक्यौता तिरेपछि पुनः लाइन जोडिने केन्द्रले जनाएको छ ।