२०८१ श्रावण १२

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।
बुधबार बस्ने भनिएको बैठक नेताहरुको कार्यव्यस्थताको कारण स्थगित भएकाले आज बस्न लागेको हो ।
बैठक आज बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रवक्ता अग्निप्रसाद सापकोटाका बताए ।
मङ्गलवार दिउँसो बालुवाटारमा बसेको बैठकमा अध्यक्ष पुष्पकलम दाहालले चार महिने अभियानको समीक्षा, राष्ट्रिय सभा सदस्य निर्वाचनको तयारी, सरकारको एक वर्षे कार्यकालको समीक्षा, पार्टी एकता, विधान सम्मेलन लगायत एजेन्डा पेस गरेका थिए । सातै प्रदेशको इन्चार्जले समीक्षात्मक रिपोर्टिङ गरेका थिए ।