२०८१ श्रावण १२

श्रीलंकाली विदेशमन्त्री साब्री नेपालमा, दुईदिनसम्म काठमाण्डौमा बस्ने ।

काठमाडौँ, आज नेपाल–श्रीलंकाका संयुक्त आयोगको पहिलो बैठक काठमाण्डौँ हुँदैछ ।
बैठकमा सहभागी हुन श्रीलंकाका विदेशमन्त्री साब्री बुधबार नेपाल आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
यही पुस ५ र ६ गते –आज र भोली) काठमाडौँमा आयोगको बैठक हुँदैछ । विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गर्नेछन् । साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नेछन् ।
भ्रमणका क्रममा श्रीलंकाका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते काठमाडौँबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।