२०८१ श्रावण १२

मेलम्चीको पानी २८ दिनभित्र काठमाडौँमा ल्याउने गरी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, मेलम्चीको पानी २८ दिन भित्र काठमाण्डौँमा ल्याउने शर्तमा खानेपानी मन्त्रालय र चिनियाँ निर्माण कम्पनी सिनोहाइड्रोबिच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यको अध्यक्षतामा मंगलबार राती अबेरसम्म बसेको मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले गरेको निर्णय अनुसार समझदारी पत्रमा हस्ताक्षर भएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए । प्रवक्ता पन्तकानुसार समझदारी पत्रमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाकी अहम्मद अन्सारी र निर्माण कम्पनी सिनोहाइड्रोका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
निर्माण व्यवसायी सिनो हाइड्रोसँग समझदारी गरी तत्काल निमार्ण क्षेत्रमा परिचालनका लागि आवश्यक सहजीकरण र समन्वय गर्ने निर्णय गरेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।
समझदारीअनुसार अनुसार कुनै विशेष परिस्थितिको सिर्जना नभएमा बढीमा २८ दिनभित्र सम्पूर्ण पुनर्निर्माण कार्य सम्पन्न गरी मेलम्चीको पानी सुरुङमा पथान्तरण गरिनेछ । त्यसैगरी, द्रुत कार्यपालिका अनुसार दुई सिफ्टमा जनशक्ति परिचालन गरी पानी पथान्तरणका लागि आवश्यक कार्यहरू सम्पन्न गरिने प्रवक्ता पन्तले जानकारी दिए ।
२०८० साल असार ८ गते बर्षायामको जोखिमलाई दृष्टिगत गरी सुरुङमार्फत मेलम्चीको पानी पठाउन बन्द गरिएको थियो । २०८० साल साउन २८ र साउन २९ गतेको बाढीले मेलम्चीको हेडवर्क्समा क्षति पु¥याएको थियो ।
सो समझदारीसँगै करिब आठ महिनादेखि बन्द रहेको मेलम्चीको पानी वितरणको बाटो खुलेको छ ।