२०८१ श्रावण १२

आज दलको नामावली राजपत्रमा प्रकाशित हुने

काठमाडौंं, निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि स्वीकृत दलको नाम नेपाल राजपत्रमा प्रकाशनका लागि पठाउदै छ ।
राष्ट्रियसभा निर्वाचनको कार्यतालिका अनुसार निर्वाचन आयोगमा दर्ता भएर स्वीकृत भएका दलको नामावली नेपाल राजपत्रमा प्रकाशनका लागि आयोगले आज पठाउने कार्यसूची छ ।
आयोगले जारी गरेको कार्यसूचीअनुसार पुस १६ गते निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन सातवटै प्रदेश निर्वाचन कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिनेछ ।
पुस २० देखि २८ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ ।
माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म १९ पदका लागि मतदान हुने नर्वाचन आयोगले जनाएको छ ।