२०८१ श्रावण १२

आजदेखि चार दिन काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौं, नेपाल विद्युत् प्राधिकरणले आजदेखि चार दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध हुने जनाएको छ । भूमिगत विछ्याएको तार जडान गर्ने कार्यका लागि विद्युत् सेवा अवरुद्ध गर्नु परेको प्राधिकरणले जनाएको हो ।
बुधबार (आज) चपली तथा बूढानीलकण्ठ क्षेत्र, बिहीबार गोंगबु बसपार्क क्षेत्र, शुक्रबार चपली तथा हात्तीगौंडा र शनिबार चपली, बूढानीलकण्ठ तथा पासीकोट क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ । बिहान ९ः३० देखि दिउँसो २ बजेसम्प विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।