२०८१ श्रावण १२

स्पोर्टिङ इलामद्धारा ललितपुर सिटी १-० गोलले पराजित

काठमाडौँ, स्पोर्टिङ इलामले १-० गोल अन्तरले ललितपुर सिटी क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा मङ्गलबार भएको खेलमा इलामले उपाधिका दाबेदार ललितपुरलाई १-० गोलले हरायो ।
इलामको जितमा ५९औँ मिनेटमा विदेशी खेलाडी फाडे कामाराले निणर्ायक गोल गरे । ललितपुरले गोल गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन । लिगमा ललितपुरको यो पहिलो हार हो । हारसँगै ललितपुरको शीर्षस्थानमा रहने मौका गुमेको छ ।
हारसँगै ललितपुर सात खेलबाट १० अङ्क सहित तेस्रो स्थानमा छ । प्रतियोगिताबाट बाहिरिएको इलामले आट खेलबाट आठ नै अङ्क बनाएको छ ।