२०८१ श्रावण १२

राप्रपाले प्रदेश तह खारेजीका लागि देशभर आन्दोलन गर्ने

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्थासहितको हिन्दुराष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि देशभर आन्दोलन गर्ने निणर्य गरेको छ ।
पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले यस्तो निणर्य गरेको हो । बैठकले पुष र महिनामा देशभर सभा र तयारीका कामहरु गर्ने पनि निणर्य गरेको छ । फागुन महिनामा मेची-महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निणर्य गरेको छ ।
त्यस्तै, आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको छ । बैठकले डा. धवल शमशेर राणाको संयोजकत्वमा आन्दोलन परिचालन समिति, पार्टीका कोषाध्यक्ष निलकण्ठ काफ्लेको संयोजकत्वमा आर्थिक परिचालन समिति, प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठको प्रचार तथा प्रसार समिति गठन गरेको छ ।
कोषाध्यक्षबाट प्रस्तुत आर्थिक प्रतिवेदन, सचिवालयका प्रतिवेदन लगायत प्रदेश कार्य समितिका प्रतिवेदनहरु परिमार्जनसहित पारित गर्ने निणर्य भएको पनि अध्यक्ष लिङदेनले बताए ।
अध्यक्ष लिङदेनले जाजरकोटका भूकम्प प्रभावित परिवारहरुलाई तत्काल पालबाट अस्थायी आवासमा स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराउने निणर्य गरेको जानकारीदिए ।