२०८१ श्रावण १२

चीनमा भूकम्प, मृत्यु हुनेको सङ्ख्या १११, २२० जना घाइते

 

काठमाण्डौ‘, उत्तर पश्चिम चीनमा गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १११ पुगेको छ । चीनको गान्सु प्रान्तमा सोमबार गएको ५ दशमलव ९ म्याग्निच्युडको भूकम्पमा कम्तीमा १११ जनाको मृत्यु भएको हो ।
भूकम्पमा परी  भएको बीबीसीले जनाएको छ । गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ । अमेरिकी भू–गर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्प ५ दशमलव ९ म्याग्निच्युड १० किलोमिटर गहिराइमा गएको जनाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा बिहानैदेखि उद्धार कार्य सुरु भएको छ । आपतकालिन कामदारहरूले उच्च उचाइ क्षेत्रमा रहेका मानिसको उद्धारको क्रममा चिसोले समस्या भएको बताएका छन् ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनको सबैभन्दा गरिब क्षेत्र मध्ये एक गान्सुमा पूर्ण उद्धार प्रयास गर्न निर्देशन दिएका छन्।